+
+

दुर्गा प्रसाईंलाई अदालत लगियो, १० दिन हिरासतमा राख्न अनुमति मागिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १७:४२

६ असोज, काठमाडौं। विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार नै अदालतमा हाजिर गराएको छ ।

भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई आइतबारै अदालतमा हाजिर गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने तयारी प्रहरीले गरेको हो ।

प्रहरीको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालले प्रसाईंलाई आइतबारै अदालतमा उपस्थित गराइएको बताए । प्रहरीका अनुसार, उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी छ ।

सरकारी वकिलको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामीले १० दिन हिरासतमा राख्न अनुमति माग्छौं, अदालतले कति दिन्छ त्यसबेलै थाहा हुन्छ ।

ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईंविरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधबार अनुमति दिएको थियो । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?