+
+

जब बाइडेनले बिर्सिए मोदीको नाम …

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १८:००

६ असोज, काठमाडौं । बुढ्यौलीजन्य समस्याका कारण राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हटेका अमेरिकी राष्ट्रपति जो बाइडेनले मञ्चमै रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाम बिर्सिएका छन् ।

बाइडेनले शनिबार डेलावेयरमा क्वाड शिखर सम्मेलनपछि आयोजित कार्यक्रममा मोदीको नाम बिर्सिएका हुन्।

बाइडेन पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए । जब सम्बोधन सके, उनले मञ्चमा मोदीलाई बोलाउनुपर्ने थियो । तर उनी अल्मलिए । झण्डै ५ सेकेन्डसम्म उनले मोदीको नाम सम्झने प्रयास गरे तर सकेनन् ।

उनले मञ्चबाटै अफिसरलाई ठूलो स्वरमा सोधे- अब कसलाई बोलाउने ?

यसपछि त्यहाँ उपस्थित एक अफिसरले पीएम मोदीतर्फ संकेत गरे । लगत्तै मोदी कुर्सीबाट उठेर बाइडेनसँग हात मिलाउन पुगे । यसक्रममा दुवै नेता मुस्कुराएको भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल भइरहेको छ ।

त्यतिबेला मञ्चमा मोदीसँगै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र जापानी प्रधानमन्त्री फुमियो किशिदा पनि उपस्थित थिए ।

सार्वजनिक स्थलमा लड्नु र नाम बिर्सनु बाइडेनका लागि नयाँ घटना भने होइन । उनले जुलाईमा सम्पन्न नेटो बैठकमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई पुटिन भनेर बोलाएका थिए ।

यसअघि जुनमा सम्पन्न जी सेभेन बैठकमा सहभागी नेताहरूसँग प्याराग्लाइडिङ हेर्न सहभागी हुँदा उनी अर्को दिशामा हेरिरहेका थिए ।

त्यस्तै गत फेब्रुअरीमा आममाफी आरोप खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले हमासको नाम नै भुलेका थिए ।

यस्तै घटनाहरूका कारण बाइडेनलाई राष्ट्रपतीय प्रतिस्पर्धाबाट बाहिरिन दबाब बढेसँगै जुलाईमा उनले राष्ट्रपति दौडबाट बाहिरिने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?