+
+

नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असोज ६ गते १३:१०

६ असोज, काठमाडौं । नेपाली इन्जिनियरहरूको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल थालेको बताएको छ ।

नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाएको अवस्थामा मन्त्रालयले अग्रसरता लिएको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यसबारे छलफल सुरु गरेका हुन् ।

सोही सन्दर्भमा मन्त्री दाहालले इन्जिनियरहरूको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङटन एकडका अध्यक्ष काई साङ लकसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

उनले नेपाली दक्ष र उच्च शिक्षा लिएका इन्जिनियरहरूको क्षमतालाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न मन्त्रालयले प्राथमिकता दिने बताए ।

वासिङटन एकडमा विश्वका २५ राष्ट्र आबद्ध रहेको र थप राष्ट्र पनि आबद्ध हुने प्रक्रियाका लागि छलफलका क्रममा रहेको जनाइएको छ ।

उक्त एकडमा आबद्ध राष्ट्रका ईन्जिनियरले सदस्य राष्ट्रमा समान हैसियत पाउँछन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?