+
+

चुरे संरक्षण अभियन्ताले घेरे मधेशको मुख्यमन्त्री  कार्यालय 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १८:५०

६ असोज, जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरुले मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय  घेराउ गरेका छन् ।

चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका अध्यक्ष सुनिल यादवको अगुवाइमा कार्यालय घेराउसँगै ज्ञापनपत्र समेत बुझाएका छन् ।

दलित, भुमिहीन, सुकुम्बासीहरुको भूमि अधिकार, अवैध उत्खनन बन्द, वन अतिक्रमण नियन्त्रण, खुल्ला चरिचरण बन्द लगायतको माग गर्दै कार्यालय घेराउ गरेका छन् ।

यी मुद्दाहरुसहित संरक्षण अभियान दुई वर्षदेखि आन्दोलनमा छन् । उनीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै मागहरु यथाशीघ्र पूरा गर्न आग्रह गरेका छन् ।

अभियानले भोलि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुर इकाईको घेराउ गर्न जनाएको छ ।

अध्यक्ष यादवले  माग पूरा र तीनवटै तहका सरकार जिम्मेवार नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?