
६ असोज, काठमाडौं । दुर्गा प्रसाईंलाई पक्राउ गर्ने बेला बाधा अवरोध गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति झापाकै ३८ वर्षीय पदम श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए ।
प्रसाईं पक्राउ गर्ने बेलामा राष्ट्र सेवक कर्मचारीलाई बाधा अवरोध गरेको कसुरमा उनीविरुद्ध म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
प्रसाईलाई साइबर ब्यूरो र भक्तपुर प्रहरीको टोलीले आइतबार मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध रास्वपाकी एक नेतृले साइबर कसुरमा उजुरी दिएपछि प्रसाईं पक्राउ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4