+

राष्ट्रिय भेट्रान चेसमा बद्रीलाल नेपालीको अग्रता

२०८१ असोज  ६ गते १९:०४ २०८१ असोज ६ गते १९:०४
राष्ट्रिय भेट्रान चेसमा बद्रीलाल नेपालीको अग्रता

६ असोज, धादिङ।नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगितामा तीन पटकका पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता लिन सफल भएका छन्। बद्रीले पाँचौ चरण सम्मको खेलवाट ४ जीत, एक बराबरि खेल खेल्दै ४.५ अंक जोडेर पहिलो स्थानमा उभिन सफल भएका छन्।

नेपाल बुद्धिचाल महासंघको आधिकारिक क्यालेण्डर प्रतियोगिता मध्येको एक ‘छैटौं राष्ट्रिय भेट्रान’ प्रतिस्पर्धामा बद्रीलाल नेपालीले स्याङ्जाका मोहन सिं प्रधान, भक्तपुरका जगन्नाथ ताम्राकार, ताप्लेजुङका हर्कबहादुर चोङ्वाङ र भक्तपुरका गणेशमान दुवाल माथि जित दर्ता गरेका छन् भने ललितपुरका एफएम बिलमलाल श्रेष्ठसँग बराबरी गरेका छन्।

धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिकास कार्कीको संयोजनमा चलिरहेको स्पर्धामा भक्तपुरका जगन्नाथ ताम्राकार, काठमाडौंका सिएम नवीन तण्डुकार र सिएम भगवती प्रसाद शर्माले समान ४-४ अंक बनाएर संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन्।

भक्तपुरका जगन्नाथले आज सम्पन्न चौथो चरणमा सिएम नवीन र पाँचौ चरणको खेलमा धादिङका तारामान श्रेष्ठलाई पराजित गरेका छन्। त्यस्तै पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले चौथो चरणमा जगन्नाथ सँग हार व्यहोर भने पाँचौ चरणको खेलमा सप्तरीका विनोद कुमार गुप्तालाई हराउन सफल भएका छन्।

त्यसैगरी सिएम भगवती प्रसाद शर्माले चौथो चरणमा ताप्लेजुङका हर्कबहादुरलाई , पाँचौ चरणमा भक्तपुरका गणेशमान दुवाललाई हराउन सफल रहे।

पूर्वनेपाल च्याम्पियन फिडे मास्टर विलमलाल श्रेष्ठले लामो समय पछि प्रतियोगिता खेल्दै ३.५ अंक जोडेर तेश्रो स्थान ओगटेका छन्। प्रतियोगिताको तेश्रो चरणमा पूर्व नेपाल च्यनम्पियन नविनसँग प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्नु परेको थियो भने बद्रीलाल सँग बराबरी खेलेका थिए।

धादिङ जिल्ला थांक्रे गाउँपालिकामा सञ्चालन भइरहेको राष्ट्रिय भेट्रान च्याम्पियनसिपको अन्तिम दुई चरण भोलि हुनेछ। १८ जना राष्ट्रिय शीर्ष भेट्रान खेलाडीहरु प्रतिस्पर्धा गरिरहेको खेलमा विजेताले ४० हजार, उपविजेताले २० हजार, तृतीय हुनेले १५ हजार चौथो हुनेले १० हजार पाँचौ हुनेले ८ हजार , छैटौं र सातौं स्थानमा रहनेले ५-५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

नेपाल बुद्धिचाल महासंघले छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिता संसार भरी वाट प्रत्यक्ष हेर्न मिल्ने गरि लाइभ टेलिकाष्ट गरेको छ। सिनियर राष्ट्रिय निर्णायक सोराज ताम्राकारले अनलाइन मार्फत प्रत्येक चरणका सात खेललाई लाइभ प्रसारण गरिरहेको हो। भोलि समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ।

बद्रीलाल नेपाली राष्ट्रिय भेट्रान चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय