+
+

बिच कबड्डी विश्वकप खेल्न नेपाली टोली इरान प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १९:५६

६ असोज, काठमाडौं । बिच कबड्डी विश्व कपमा सहभागी हुन ६ पुरुष खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आइतबार इरानको एन्जल प्रस्थान गरेको छ ।

सेप्टेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडी टोलीमा कल्याण भुजेल (कप्तान), रन्जित गजमेर, पदमबहादुर विष्ट, रामु टमटा, गणेश पार्की र निरज चन्द रहेका छन् ।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, टिम व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रामकेवल मुखिया रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?