+
+

रास्वपा कार्यालयमा कार्यकर्ताको भीड (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज ६ गते २०:१८

६ असोज, काठमाडौं । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेको दिन आइतबार साँझ  राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताहरुको भीड लाग्यो ।

सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रास्वपा सभापति रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन छविलाल पक्राउ परेका थिए ।

छविलाल पक्राउ परेपछि रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका थिए । त्यस अनुसार रास्वपा कार्यकर्ता वनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए ।

रास्वपा सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्न सक्ने आशंकाले कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?