+
+

प्रधानमन्त्री ओलीबाट ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते २१:५१

६ असोज, न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गरेका छन् ।

महासभाको उक्त समिटको उदघाटनसत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयस्थित ट्रष्टी काउन्सिलमा आयोजित छलफलसत्रको अध्यक्षता गरेका हुन् ।

यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।
राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले महासभाको समिट अफ द फ्युचरलाई सम्बोधन गरेका समयमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डलले महासभामा भाग लिएका थिए ।

प्रधानमन्त्री ओलीले आजै महासभामा सम्बोधन गर्ने कार्यक्रम पनि छ । यस्तै प्रधानमन्त्री ओलीले आज विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?