+

सिंगापुरमा भलिबल सिकेकी ज्याक्युशाले ललितपुरबाट खेल्ने

२०८१ असोज  ६ गते २२:०८ २०८१ असोज ६ गते २२:०८
सिंगापुरमा भलिबल सिकेकी ज्याक्युशाले ललितपुरबाट खेल्ने

६ असोज, काठमाडौं- सिंगापुरमा जन्मिएर उतै भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् । जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन् ।

झण्डै चार दर्जन खेलाडी ट्यालेन्ट हन्टमा सहभागी थिए । उक्त ट्यालेन्ट हन्टबाट उनले स्थान बनाएकी हुन् । क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा छेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरेका थिए ।

ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशा जेम्स उच्च शिक्षा संस्थानमा अध्ययनरत कक्षा १२ की छात्र हुन् । उनको बुवा सिंगापुर प्रहरी भएकोले उनको बाल्यकाल उतै बित्यो । उनले सिंगापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाइन् । सन् २०२२ मा उनको बुवा सेवानिवृत्त भइसकेपछि उनी सहित सपरिवार नेपाल फर्किए ।

पहिलो पल्ट व्यावसायिक भलिबल तर्फ पाइला सर्दै गरेकी उनी उत्साहित साथै नर्भस भएकी बताउँछिन् । ‘ठुलो प्रतियोगिताबाट नै आफ्नो करियर सुरु गर्न पाउँदा उत्साहित त छु  ।साथै नर्भस पनि महसुस हुँदैछ’, छनोट भएपछि ज्याक्युशाले भनिन् । त्यसैमा थपिन्, ‘स्कुल हुँदा अतिरिक्त क्रियाकलाप (इसीए) मा भलिबल छनोट गरेर खेल्न थाले । भलिबललाई आफ्नो रुचीको रुपमा मात्र अघि बढाएकी थिए । व्यावसायिक रुपमा नै खेल्छु भनेर कल्पना गरेकी थिएन ।’

५ फित ८ इन्च कद भएकी आउटसाइड हिटर खेल्ने गर्दछिन् । क्लबले विदेशी खेलाडी आबद्ध गरी सकेको र चाँडैनै सार्वजनिक गर्ने पनि जनाएको छ ।

एभरेष्ट महिला भलिबल लिग ललितपुर क्विन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय