+
+

पक्राउ गरिए प्रतिवाद गर्ने रवि लामिछानेको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते २२:३३

६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका छन् ।

आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् । ‘.. ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने ।

आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले भने, ‘तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’

सरकारले षडयन्त्रपूर्वक तरिकाले पक्राउ गर्न सक्ने भएकाले हरेक हिसाबले लड्न तयार भएको पनि उनले बताए । ‘कानूनी रुपमा, नैतिक रुपमा र राजनीतिक रुपमा सत्यका लागि लड्न तयार भएर बसेको छु’, लामिछानेले भने ।

सरकारविरुद्ध लडेर जित्ने पनि उनले बताए । भने, ‘म अभिमन्यू होइन, यो चक्रब्यूहबाट निस्कन आउँछ ।’

त्यसका निम्ति चीनमा गएको आफ्ना नेताहरु स्वदेश फर्कने तयारी गरेको जानकारी समेत उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?