+
+

रविले भने – अनुसन्धानमा सघाउन तयार छु, तर अन्याय गर्न पाइँदैन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते २३:११

६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू भागेर वा लुकेर बसेको मान्छे नभएको भन्दै अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन् । यद्यपि, अन्याय गर्न पाइन्न भनेर सरकारलाई स्पष्ट भनेको समेत उनले बताएका छन् ।

‘मैले सरकारलाई स्पष्ट भनेको छु, मलाई तपाईंहरुको फेबर चाहिँदैन, अनुकम्पा चाहिँदैन तर, अन्याय गर्न पाइँदैन’, पार्टी कार्यालयमा सम्बोधन गर्दै लामिछानेले भने, ‘कुन अनुसन्धानमा सघाउनु पर्‍यो ? कुन ठाउँमा जानुपर्‍यो ? अनुसन्धानको कुन कसीमा उभिनुपर्छ म तयार छु ।’

सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशी आइतबार अपराह्न पक्राउ परेपछि रास्वपा पार्टी कार्यालयमा रातिसम्म कार्यकर्ताहरुको भिड लागेको थियो । त्यसक्रममा लामिछानेले समर्थकहरुलाई सम्बोधन गर्दै सरकारले के गर्न खोजेको बुझ्न नसकेको बताए ।

सहकारीबारे छानबिन गर्न गठित विशेष संसदीय समितिले जोशीसँगै तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई पनि कारबाही सिफारिस गरेको थियो । यस्तोमा जोशी पक्राउ परेपछि रास्वपा नेताहरु पनि शंशकित भएका छन् । ‘मैले बुझे अनुसार, कुनै पनि त्यस्तो तयारी हामीले गरेको छैनौं भनेको छ । तर, यो सरकारको विश्वास गर्ने अवस्थामा छैनौं’, लामिछानेले थपे ।

लामिछानेले हरेक पटक अनुसन्धानमा गएर प्रक्रियालाई सघाएको भन्दै ‘आफूले केही नविराएको र नडराएको’ समेत बताए । ‘सबैलाई हेक्का रहोस् दुई तिहाइको सरकारलाई हेक्का रहोस् । रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन’, उनले भने, ‘वर्षौंसम्म एउटा मान्छेलाई निरन्तर रुपमा गरेको लखेटाइ गरेर जालझेल गरेर लडाउने कोशिश भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?