+

म्यानचेष्टर सिटी र आर्सनलले अंक बाँडे

२०८१ असोज  ७ गते ७:४५ २०८१ असोज ७ गते ७:४५
म्यानचेष्टर सिटी र आर्सनलले अंक बाँडे

७ असोज, काठमाडौं । जोन स्टोन्सले इन्जुरी टाइममा गोल गरेपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले दश खेलाडी समेटिएको आर्सनलसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले सुरुवाती अग्रता लिएपनि आर्सनलले लगातार दुई गोल गर्दै खेलमा अग्रता बनाएको थियो । तर, सिटीका स्टोन्सले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गर्दै हार टारेका थिए ।

खेलको नवौं मिनेटमै एर्लिङ हालान्डले साभिन्होको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीका लागि हालान्डको त्यो एक सयौँ गोल हो । तर, २२औं मिनेटमा रिकार्डो कालाफियोरीले आर्सनलका लागि बराबरी गोल गरे । उनले गाब्रीएल मार्टिनेलीको पासमा उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा गाब्रीएल मागालहाएसले गोल गर्दै आर्सनललाई पहिलो पटक अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइमको आठौं मिनेटमा आर्सनलका लियोन्ड्रो ट्रोसार्ड रातो कार्ड (दोहोरो पहेंलो कार्ड) पाउँद मैदान बाहिरिएपछि दोस्रो हाफभर आर्सनल दश खेलाडीमा समेटियो ।

एक खेलाडी कम भएपनि आर्सनलले सिटीलाई निर्धारित समयमा गोल गर्न दिएन । तर खेलको इन्जुरी टाइमको आठौं मिनेटमा जोन स्टोन्सले गोल गरेपछि सिटीले हार टारेको हो ।

बराबरीपछि सिटीको जित यात्रामा ब्रेक लागेको छ । यद्यपि ५ खेलबाट १३ अंक जोडेको सिटी अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

आर्सनल समान खेलबाट ११ अंकसहित चौथो स्थानमा छ ।

आर्सनल प्रिमियर लिग म्यानचेष्टर म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय