+
+

बारामा जंगली हात्ती मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते ६:०७

७ असोज, बारा । बारामा एउटा वयस्क हात्ती मृत फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको हात्ती मृत फेला परेको हो ।

कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार रमेश जिसीको धान खेतमा आइतबार हात्ती मृत फेला परेको जानकारी दिए ।

हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको पाइएको छ । त्यसैले करेन्ट लागेर हात्ती मरेको प्रारम्भिक अनुमान छ ।

करेन्ट कसले लगाएको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख करिमले बताए ।

यसअघि २०८० साल फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृत फेला परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?