+
+

हिमालय ऊर्जाको साढे १४ लाख कित्ता सेयर लिलामी बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते ८:५२

७ असोज, काठमाडौं । यसअघि हकप्रद निष्कासनका क्रममा बिक्री नभएको हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ । आज सोमबारदेखि कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।

१४ गतेसम्म यस कम्पनीको लिलामी सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । न्यूनतम १०० र बढीमा सबै सेयरका लागि आवेदन दिन सकिनेछ ।

आइतबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँ छ । नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालय तथा नबिल बैंकका शाखा कार्यालयहरु बिराटनगर, जनकपुर, सूर्यविनायक, पोखा, कोहलपुर, सुर्खेत र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।

लगत्तै आँखुखोलाको सेयर लिलामी बिक्रीमा आउने
आँखुखोला जलविद्युत् कम्पनीको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता साधारण सेयर पनि लिलामी बिक्रीमा आउने भएको छ ।

असोज ११ गतेदेखि यस कम्पनीको सेयरमा मूल्य बढाबढ बोलकबोलमार्फत आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार असोज २० गतेसम्म यसमा आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता २०७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?