+
+

ग्राहकलाई लुटपाट गरेको आरोपमा डान्सबार सञ्चालक सहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १२:१५

७ असोज, काठमाडौं । डान्सबार सञ्चालककै योजनामा ग्राहकमाथि लुटपाट भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखालका ३२ वर्षीय शरद तामाङ, काभ्रेकै नमोबुद्धका २१ वर्षीय कृष्ण तामाङ र नमोबुद्धकै २६ वर्षीय अजय तामाङ छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो

पक्राउ परेका शरद काठमाडौंको माछापाखेरीमा रहेको फ्लोरिडा डान्सबारका सञ्चालक रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए । उनकै योजनामा डान्सबारमा आएका ग्राहकमाथि लुटपाट भएको एसपी आचार्यले बताए

यो समूहले डान्सबारमा आएका ग्राहकहरुसँग अनुचित रकम लिने, नदिए कुटपिट र लुटपाटसम्म गरेको भन्दै ४ असोजमा प्रहरीमा निवेदन परेको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?