+
+

काममा फर्किए विपिन, थाले ‘तेल भिसा’को डबिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १३:१४

काठमाडौं । आमाको निधनपछि शोकमा रहेका अभिनेता विपिन कार्की काममा फर्किएका छन् । आइतबारदेखि उनले आगामी सोसल ड्रामा ‘तेलभिसा’को स्वरांकन थालेका छन् । केही दिनमा शंकर घिमिरे निर्देशित फिल्मको डबिङ सक्ने उनले जनाए ।

पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकनको क्रममा उनकी आमालाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनकी आमाको पाटन अस्पतालमा निधन भएको थियो ।

‘तेल भिसा’पछि विपिन ‘ऊनको स्वीटर’को बाँकी छायांकनमा जुट्नेछन् । केही समयपछि काममा फर्किंदा मजा आइरहेको विपिनले बताए । ‘फिल्मको कथा उत्कृष्ट भएकाले पनि दर्शकले राम्रो फिल्म हेर्न पाउनेछन्’ सञ्चारकर्मीसँग उनले भने ।

यसअघि आफूले विदेशमा छायांकन गरिने फिल्म लुकेर खिचिने सुनेको भएपनि ‘तेल भिसा’ पूर्णरुपमा अमेरिकी सरकारसँग अनुमति लिएर छायांकन गर्दा नेपालमा गरेजस्तै महसुस भएको बताए । झण्डै दुई दशकपछि फिल्ममा फर्किन लागेकी अभिनेत्री पूजा चन्दसँग काम गर्न पाउँदा पनि आफू उत्साहित रहेको उनले बताए ।

यो फिल्ममा विपिनले वृद्ध र जवान गरी दुई कालखण्डको चरित्र निर्वाह गरेका छन् । यो फिल्ममा विपिनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?