+
+

दशकपछि सुटिङ सेटमा निरुता र उत्तम

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १६:०२

काठमाडौ । निरुता सिंह र उत्तम प्रधान १२ वर्षपछि सुटिङ सेटमा फर्किएका छन् । उनीहरुको अभिनय रहेको म्युजिक भिडियोको छायांकन मकवानपुरको चित्लाङमा गरिएको छ ।

‘यो जुनी यस्तै भो’ बोलको गीतको भिडियोमा यी दुई कलाकारले दम्पतीको भूमिका निर्वाह गरेका छन् । बबी लिम्बू सुब्बाको शब्द, हरि लम्सालको संगीत र केशव भावुकको स्वर रहेको गीतलाई दशैं छेकोमा रिलिज गर्ने तयारी छ ।

यो गीतको भिडियोको छायांकनका लागि निरुता र उत्तम सिक्किमबाट नेपाल आएका हुन् । छायांकनपछि उत्तम फर्किसकेका छन् भने निरुता काठमाडौंमा छिन् ।

निरुता आइतबार बेलुका बानेश्वरको वान सिनेमाज हलमा आयोजित फिल्म ‘खुस्मा’को विशेष प्रदर्शनमा पनि सहभागी थिइन् । जहाँ उनले यो म्युजिक भिडियोमा उत्तमसँगको लामो समयपछिको सहकार्य राम्रो भएको र आफूहरु चाँडै फिचर फिल्म ल्याएर फर्किने तयारीमा रहेको बताएकी थिइन् ।

सम्भवतः तिहारपछि सुरु हुने यो फिल्मलाई उत्तमले निर्देशन गर्ने कुरा छ । निरुता र उत्तमले दर्पणछायाँ, लहना र उपहार जस्ता फिल्ममा सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?