+
+

७ वर्षपछि पाश्र्वगायनमा रोहित जोन क्षेत्री, गाए ‘केटी हराएको सूचना’को गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १४:३६

काठमाडौं । पपगायक रोहित जोन क्षेत्री ७ वर्षपछि पाश्र्वगायनमा फर्किएका छन् । पछिल्लोपटक उनले ‘प्रेमगीत २’को हिट गीत ‘कहानी यो प्रेमगीतको’ गाएका थिए । त्यसपछि उनी केही समय रक ब्याण्ड ‘१९७४ एडी’को लिड भोकलिस्ट र गिटारिस्ट बने ।

फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को गीत ‘हेर्दै जाऊँ’बाट उनले पुनरागमन गरेका छन् । यो गीतको गायनमा उनले शितुसित बस्नेतसँग सहकार्य गरेका छन् ।

निर्देशक समेत रहेका दीपेन्द्र गौचनको शब्द तथा संगीत गीतमा छ । संयोगले भेटिएका एक जोडी युवायुवतीको कथा भनिएको छ । उमेरले नेटो कटिसक्दा जिन्दगी के हो भन्ने थाहा नपाएका पात्रले जिन्दगीप्रति व्यक्त गरेको आश्चर्यलाई गीतमा दर्शाइएको छ ।

फिल्मका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन् । छायांकन नेपालको तराईको भूभागमा गरिएको छ ।

फिल्म कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको संवादरहित टिजर यसअघि नै सार्वजनिक भैसकेको छ । टिजरले नाजिर र सृष्टिबीचको प्रेमको कथालाई दर्शाएको थियो ।

३२ वर्षअघिको डकुड्रामा ‘उजेली’ निर्देशन गरेका दीपेन्द्र गौचनको यो पछिल्लो फिचर फिल्म हो । फिल्ममा सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ । नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?