+
+

पूर्वडीआईजी जोशीलाई १० दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १४:४६

७ असोज, काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका शेयरधनी रहेका ५९ वर्षीय पूर्वडीआईजी जोशीमाथि तीन वटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीको छ ।

यी तीन वटा कसुरमा अनुसन्धान गर्न पहिलो पटकका लागि १० दिन म्याद माग गर्दै जोशीलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्की स्रोतले जनाएको छ । प्रहरीले माग गरेको उक्त अवधिमा कति दिन दिने भन्ने निर्णय भने अदालतले गर्नेछ ।

सहकारीको वचत अपचलन संसदीय छानबिन विशेष समितिले जोशीलाई कारबाही सिफारिस गरेपछि उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । काठमाडौंकै सादा पोशाकको प्रहरीका साथै कास्कीबाट आएको प्रहरी टोलीले उनको निगरानी गरेको थियो ।

आइतबार प्रतिवेदन कार्यान्वयन गर्न भन्दै गृहमन्त्री रमेश लेखकले प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई निर्देशन दिए लगत्तै जोशी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?