+
+

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाइले गरे पदवहाली

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १४:४३

७ असोज, काठमाडौं। काठमाडौं महानगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले पदबहाली गरेका छन् ।

२ वर्षदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’ को प्रमुखका रुपमा कार्यरत गरागाँईले आजबाट महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन्।

पदवहालीका क्रममा गुरागाइँले, प्रशासन विभागका प्रमुखको अधिकार प्रत्यायोजन पत्रमा हस्ताक्षर गरेका छन्। पदवहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले, नेतृत्वको प्रतिष्ठा तथा ओजले काठमाडौँको गौरव वृद्धि भएको, प्रतिष्ठा बढेको उल्लेख गरे। उनले महानगरको गौरवमा आँच आउन नदिने गरी काम गर्ने बताए ।

गुरागाइँ २०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गरेका थिए । २०७६ फागुन १३ गते नेपाल सरकारका सहसचिव भएका थिए ।
उनले तत्कालीन स्थानीय विकास मन्त्रालयमा २४ वर्ष, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २ वर्ष र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा १० वर्ष गरी ३ दशकभन्दा धेरै काम गरिसकेका छन् ।

निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?