+
+

हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १२:१६

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणलाई २० लाख ७५ हजार कित्ता साधारण सेयर निकासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्काशनका लागि एनएमबी क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा हुलास फिनसर्भ हायर पर्चेजका अध्यक्ष शेखर गोल्छा र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले हस्ताक्षर गरे ।

नियामक निकायबाट तोकिएका सबै पूरा गरी आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाइने गोल्छाले बताए ।

हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर–बैंकिङ वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकलाई हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?