+

महिला लिगमा कोशी र चन्द्रपुरको बराबरी

२०८१ असोज  ७ गते १५:४८ २०८१ असोज ७ गते १५:४८
महिला लिगमा कोशी र चन्द्रपुरको बराबरी

७ असोज, काठमाडौं । जारी एन्फा महिला लिगअन्तर्गत कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले १–१ बरबरीमा खेल सकेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने ५० औं मिनेटमा कोशीले पेनाल्टी पायो । ममता रावतले हानेको किक पेनाल्टी बक्स भित्र चन्द्रपुरको डिफेन्डरको हातमा लाग्दा कोशीले पेनाल्टी पाएको थियो ।

पेनाल्टीका लागि कोशी प्रदेशकी मिडफिल्डर प्रतिक्षा राई आएकी थिइन् । तर उनको पेनाल्टी चन्द्रपुरकी गोलरक्षक उषा थापाले सहजै बचाइन् । त्यसको १ मिनेटमा चन्द्रपुरले काउन्टर अट्याक गर्दै गोल गर्‍यो ।

चन्द्रपुरको लागि सुनिता सुनारले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाइन् । कोशी ७९ मिनेटसम्म चन्द्रपुरबाट रोकियो । कोशीका लागि ममता रावतले ८० औं मिनेट गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

त्यसपछि केही सुधारिएको लय सहित कोशी खेलमा फर्किए पनि गोल भने गर्न सकेन । खेल १– १ को बराबरीमा नै सकियो ।

यस खेल पश्चात कोशी ८ खेलमा ११ अंकसहित पाँचौं स्थानमा छ भने चन्द्रपुर ८ खेलमा ८ अंकसहित आठौं स्थानमा रहेको छ । आजको दोस्रो खेल एपिएफ क्लब र सुदुरपश्चिम प्रदेश बीच हुँदैछ ।

एन्फा महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय