+
+

१५६ फिल्मका ५३७ गीतमा नाचेर साउथ स्टार चिरञ्जीवीले राखे गिनिज रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १६:५५

काठमाडौं । भारतीय अभिनेता चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । ४५ वर्षको अभिनय करिअरमा १५६ फिल्मका ५३७ गीतमा डान्स प्रस्तुत गरेबापत उनले यो सम्मान पाएका हुन् । उनलाई अभिनेता आमिर खानले यो अवार्डबाट सम्मान गरेका थिए ।

उक्त अवसरमा आमिरले चिरञ्जीवीको प्रशंसा गर्दै भने, ‘यहाँ आउन पाउनु मेरो लागि खुसी र सम्मानको कुरा हो । चिरञ्जीवी गारुका फ्यान देखेर म खुसी छु । मलाई तपाईंहरुमाझ समावेश गर्नुभएकोमा सबैलाई धन्यवाद दिन्छु । म उनको (चिरञ्जीवी)को ठूलो फ्यान हुँ ।’

चिरञ्जीवीको डान्स मूभ्सको तारिफ गर्दै आमिरले भने, ‘यदि तपाईंले उनको कुनै पनि गीत हेर्नुभयो भने उनको हृदय नृत्यमा डुबेको थाहा पाउनुहुनेछ । उनी यसमा निकै इन्जोय गर्छन् । हामीले उनीबाट नजर हटाउँदैनौं, किनभने उनले निकै राम्रो अभिनय गर्छन् ।’

चिरञ्जीवीले सन् १९७९ मा फिल्म ‘पुनाधिरल्लु’बाट अभिनय करिअर थालेका थिए । यद्यपि, बापूद्वारा निर्देशित ‘मन वुरी पाण्डाभुलु’ उनको पहिलो रिलिज थियो । उनले सन् १९८२ मा रिलिज भएको ‘अन्तलो रामय्या भिडिलो कृष्णय्या’जस्ता हिट फिल्मबाट मुख्य लिड रोलमा काम थालेका थिए ।

सन् १९८३ मा रिलिज भएको फिल्म ‘कैदी’ले चिरञ्जीवीलाई रातारात ठूलो सुपरस्टार बनायो । त्यसबेलादेखि उनलाई मेगास्टार चिरञ्जीवीको नाम दिइएको थियो ।

अभिनयसँगै चिरञ्जीवीले राजनीतिज्ञको रुपमा पनि करिअर थाले । सन् २००८ मा आन्ध्र प्रदेश राज्यको दल प्रजा राज्य पार्टीबाट उनले राजनीति करिअरको थालनी गरे ।

पार्टी स्थापनाका क्रममा उनले सामाजिक न्याय आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको बताएका थिए । सन् २००९ को आम चुनावमा उनको पार्टीले आन्ध्र प्रदेश विधानसभामा २९४ सिटमध्ये १८ जितेको थियो । अहिले भने राजनीतिमा सक्रिय छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?