+

एएफसी यू-२० एसियन कप छनोट : समीरको ह्याट्रिकमा नेपालले चाइनिज ताइपेईलाई हरायो

२०८१ असोज  ७ गते १९:४४ २०८१ असोज ७ गते १९:४४
एएफसी यू-२० एसियन कप छनोट : समीरको ह्याट्रिकमा नेपालले चाइनिज ताइपेईलाई हरायो

७ असोज, काठमाडौं। समीर तामाङको ह्याट्रिक मदतमा नेपालले नेपालले एएफसी यु-२० एसियन कप छनोटमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको छ । समूह बी मा नेपालको यो पहिलो जित हो । नेपालले दुई खेबाट ३ अंक जोडेको छ ।

पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको थियो । न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा समीरले ह्याट्रिक गरेका हुन् ।

समीरले ३२औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै समीरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी टाइममा चाइनिज ताइपेईका याङ चाओ जिङले गोल गर्दै घरेलु टोद्यीलाई खेलमा पर्काउने प्रयास गरेका थिए । तर ८४औं मिनेटमा नेपालले तेस्रो गोल गर्‍यो । यस पटक पनि समीरले नै गोल गर्दै ह्याट्रिक पूरा गरे भने नेपालको जित सुनिश्चित गरे ।

प्रतियोगितामा समीरले दुई खेलबाट ४ गोल गरिसकेका छ्न् । उनले यसअघि कम्बोडिया विरुद्ध पराजित भएको खेलमा पनि एक गोल गरेका थिए ।

उज्वेकिस्तानले सोमबारै भएको खेलमा कम्बोडियालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह बी मा उज्वेकिस्तान, बहराइन, नेपाल र कम्बोडियाको समान ३ अंक छ । गोल अन्तरका आधारमा उज्वेकिस्तान समूहको शीर्ष स्थानमा छ भने बहराइन दोस्रो स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ ।

नेपालले समूहको आफ्नो तेस्रो खेलमा बुधबार उज्वेकिस्तानको सामना गर्नेछ । यस्तै नेपालले समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।

एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यू२० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।

यस्तै उपविजेतामध्ये उत्कृष्ट ५ उपविजेता टोलीले पनि एएफसी यू२० एसिया कपमा स्थान बनाउनेछन् । चीन आयोजकको रुपमा सिधै छनोट भइसकेको छ ।तस्वीर : एएफसी

एएफसी यू-२० एसियन कप चाइनिज ताइपेई समीर तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय