+

सुदूरपश्चिमको पोष्टमा एपीएफको १९ गोल, तीन खेलाडीको ह्याट्रिक

२०८१ असोज  ७ गते २१:३३ २०८१ असोज ७ गते २१:३३
सुदूरपश्चिमको पोष्टमा एपीएफको १९ गोल, तीन खेलाडीको ह्याट्रिक

७ असोज, काठमाडौं । विभागीय टोली एपीएफले एन्फा महिला लिगमा सुदूरपश्चिम विरुद्ध गोलको वर्षा गरेको छ ।

तीन खेलाडीले ह्याट्रिक गरेपछि एपीएफले सुदूरपश्चिम प्रदेशलाई सोमबार १९-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

जारी लिगमा यो एकै खेलमा सबैभन्दा धेरे गोल भएको हो । यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिमलाई नै १४-१ ले पराजित गरेको थियो ।

एपीएफको जितमा रश्मीकुमारी घिसिङ र अनिता केसीले समान चार गोल गर्दा प्रीति राईले ह्याट्रिक गरिन् ।

यसेगरी कुसुम खतिवडा र सविता रानामगरले २-२ गोल गर्दा सरु लिम्बु र रेनुका हमालले समान एक गोल गरिन् ।

सुदूरपश्चिमले दुई आत्मघाती गोल गरेको थियो ।

एपीएफले पहिलो हाफमे ११ गोल गर्दा दोस्रो हाफमा ८ गोल थपेको थियो । एपीएफका रश्मीकुमारीले आठौं, ४१औं, ४६औं र ७३औं मिनेटमा गोल गरिन् । यस्तै अता केसीले १३औं र पहिलो हाफको इन्जुरी टाइममा दुई गोल गरिन् । उनले व्यक्तिगत चौथो गोल ६२औं मिनेटमा गरिन् । यस्तै प्रीतिले पहिलो हाफको इन्जुरी टाइम, ६४औं र ६६औं मिनेटमा गोल गरिन् ।

सविताले ३०औं र ४४औं तथा कुसुमले ८३औं र ८५औं मिनेटमा गोल गरिन् । सरुले ३३औं र रेनुका हमालले ८९औं मिनेटमा गोल गरिन् । सुदूरपश्चिमकी सुमि हाङ्गमा राई र टिकेश्वरी राईले आत्मघाती गोल गरे ।

लिगमा एपीएको यो सातौं जित हो । पहिलो चरणको ९ मध्ये ८ खेल खेलिसकेको एपीएफले ७ जित र १ बराबरीबाट २२ अंक जोडेर शीर्ष स्थानमा छ । सुदूरपश्चिम भने अहिलेसम्म जितविहिन छ । लगतार आठौं खेल हारेको सुदूरपश्चिम अंकविहिन हुँदै पूछारमा छ । सुदूरप्शिचम अहिलेसम्म एक खेल पनि नजित्ने एक मात्र टिम हो ।

सोमबारै भएको पहिलो खेलमा कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

बराबरीपछि कोशीको ८ खेलबाट ११ अंक भएको छ र शीर्ष पाँचको होडमै छ । बराबरीले धक्का लागेको चन्द्रपुर भने ८ खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।

एपीएफ फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय