+
+

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते ६:५३

८ असोज, धनगढी । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ गौरीगंगा नगरपालिका-९ मसुरियामा सुपप्र ०१-००१ क २४६४ नम्बरको बसले ठक्कर दिंदा सोही ठाउँ बस्ने ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कवीन्द्रसिंह बोहोराले सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिएको बताए ।

बमको सोमबार राति धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बोहोराले बताए ।

बस र चालक गौरीगंगा नगरपालिका-९ का  ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?