+

फुटसल फिभर असोज तेस्रो साता हुने

२०८१ असोज  ८ गते ८:१५ २०८१ असोज ८ गते ८:१५
फुटसल फिभर असोज तेस्रो साता हुने

८ असोज, काठमाडौं । बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रालिले फुटसल फिभर २०८१ को आयोजना गर्ने भएको छ ।

यही असोज १७ र १८ गते चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा रहेको फुटसलमा प्रथम खुल्ला फुटसल फिभरको आयोजना गर्न लागेको एलिसन स्पोर्टसकी निर्देशक एलिना मगरले जानकारी दिइन् ।

पछिल्लो समय देशमा फुटसलको चासो बढिरहेको र युवापुस्तामा अझ यसको लगाब बढिरहेको एलिसन स्पोर्टस्का प्रबन्धक सगुन थापा मगरले बताए ।

खेलले मानसिक तथा शारीरिकरुपमा सकारात्मक प्रभाव पार्ने भएकोले व्यवसायिकतामा जोड दिन स्पोर्टस् फुटसलको आयोजना गर्न लागेको उनले बताए ।

फुटसल फिभरमा ३२ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरले जनही नगद २ हजार ५ सय ५५ रुपैयाँ रकम, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रबन्धक थापा मगरले जानकारी दिए ।

यस प्रतियोगितापश्चात यसबाट संकलन भएको आर्थिक सहयोगबाट बिकट गाउँका विद्यालयमा खेल सामग्री वितरण गर्ने प्रबन्धक थापाले जानकारी दिए ।

यसैगरी आगामी दिनमा खेलाडी तथा युवाहरुलाई खेलकुदमा जागरुक गराउन एलिसन स्पोर्टसले विभिन्न खेल प्रतियोगिताको आयोजना गर्ने समेत आयोजकले जनाएको छ ।

फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय