+
+

एक महिनामा उच्च दरले मूल्य घटेका यी १० फाइनान्स

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते ९:४३

८ असोज, काठमाडौं । विगत एक महिनामा सेयर बजारमा सबैभन्दा धेरै घटेको सेक्टर हो – फाइनान्स ।

बढ्दा जसरी तीव्र गतिमा बढ्यो, घट्दा पनि यहीं सेक्टर उच्च दरले घट्यो । भदौ ७ गते ३९७५ अंकमा रहेको फाइनान्स सेक्टर असोज ७ गतेसम्म २८५१ अंकमा झरेको छ । एक महिनाको अवधिमा यो सेक्टर २८.२ प्रतिशत घट्यो । जबकि यहीं अवधिमा समग्र परिसूचक नेप्सेको गिरावट दर १४.९ प्रतिशत छ ।

फाइनान्स सेक्टरमा कतिपय कम्पनीको मूल्य एक महिनामै ३५ प्रतिशतसम्म घटेको छ । तर उच्च विन्दुबाट भने केही फाइनान्स ४१ प्रतिशतसम्म झरेका छन् । उच्च विन्दुबाट नेपाल फाइनान्स तथा गुडविल फाइनान्स ४१ प्रतिशतसम्म घटेका छन् ।

विगत एक महिनामा सबैभन्दा धेरै गुडविल फाइनान्सको मूल्य घटेको छ । सो कम्पनीको मूल्य ३५.६ प्रतिशत घटेको छ । नेपाल फाइनान्सको मूल्य एक महिनामा २६.६ प्रतिशत घटेको छ ।

गुडविलपछि मूल्य धेरै घटेका १० फाइनान्स कम्पनीमा क्रमशः सेन्ट्रल, जानाकी, रिलायन्स, मल्टिपर्पस, श्री इन्भेस्टमेन्ट, गुहेश्वरी, समृद्धि, प्रोग्रेसिभ र बेस्ट छन् । विगत एक महिनामा मूल्य उच्च दरमा घटेका कम्पनीमा यीनै फाइनान्स अग्रस्थानमा रहे ।

एक महिनामा मूल्य उच्च दरमा घटेका १० फाइनान्स

कम्पनी भदौ ७ को मूल्य असोज ७ को मूल्य गिरावट दर प्रतिशत
गुडविल १२१६ ७८३ -३५.६
सेन्ट्रल ८०० ५२४ -३४.५
जानाकी ७७८ ५३५ -३१.२
रिलायन्स ७८२ ५३९ -३०.३
मल्टिपर्पस ८८८ ६१९ -३०.२
श्री इन्भेस्टेमेन्ट ७६४.९ ५४० -२९.३
गुहेश्वरी ७१६.१ ५०६.१० -२९.३
समृद्धि ७५०.१ ५३१ -२९.२
प्रोग्रेसिभ ७४७ ५२९ -२९.१
बेस्ट ७२३ ५१५ -२९.१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?