+
+

सुन तोलामा ५ सय बढ्यो, मूल्यमा दिनदिनै नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते ११:१९

८ असोज, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । अमेरिकाले हालै ब्याजदर घटाउनु र आगामी महिनामा थप घटाउने संकेत दिएपछि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ ।

सुन बढ्दा चाँदी भने घटेको छ । अघिल्लो दिन प्रतितोला १९२० रुपैयाँ रहेको चाँदी आज १९१५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?