+
+

फिल्ममा फर्किए धुर्मुस, डोल्पामा ‘लाज शरणम्’ छायांकन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १२:४३

काठमाडौं । झण्डै पाँच वर्षपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । अहिले डोल्पाको दूरगाउँमा धुर्मुसलाई लिएर फिल्म ‘लाज शरणम्’को छायांकन भइरहेको छ ।

अनलाइनखबरलाई प्राप्त केही तस्वीरमा धुर्मुस अर्जुन घिमिरे पाँडेलगायत फिल्मका अन्य कलाकारसँग सेटमा देखिएका छन् । छायांकन सेटबाट केही टिकटक भिडियो पनि सार्वजनिक भएका छन् । फिल्ममा उनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । तर स्रोतले उनको भूमिकाबारे खुलाएन ।

सन् २०२० को फेब्रुअरीमा कट्टेलको अभिनय रहेको फिल्म ‘सेन्टिभाइरस’ रिलिज भएको थियो । त्यसको एक वर्षपछि उनले ‘म त मर्छु कि क्या हो’ नामक वेब सिरिज युट्युबमा ल्याएका थिए ।

निर्माताले यसअघि धुर्मुसको सहभागितालाई गुपचुप राखिरहेका थिए । तर धुर्मुस फिल्मको कार्यशालामै सहभागी थिए ।

मल्टिस्टारर फिल्म ‘लाज शरणम्’लाई कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरिरहेका छन् । यसअघि ‘सक्किगो नि’ सिरियल बनाएको जेपीटी क्रिएसनले यो कथानक फिल्मको निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?