+
+

‘ग्लाडिएटर २’ को नयाँ ट्रेलर : स्वतन्त्रता र शक्तिका लागि लडिएको युद्धको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १३:१२

काठमाडौं । हलिउडको प्रतीक्षित फिल्म ‘ग्लाडिएटर २’ को कथा सुन्न तयार हुनुस् । फिल्मको पछिल्लो ट्रेलरले रहस्यमयी कथा र प्रविधिको बेजोड संयोजनले दर्शकलाई नयाँ स्वाद दिएको छ । नयाँ ट्रेलरमा पल मेस्कल, पेड्रो पास्कल जस्ता स्टार स्वतन्त्रता र शक्ति हासिल गर्न भिडिरहेका देखिन्छन् ।

धेरै कुरा थाहा पाउन बाँकी नै छ, जसलाई हामीले हलमै हेर्न पाउनेछौं । नयाँ ट्रेलरमा सबैलाई अचम्म पार्ने कुरा के छ भने यसमा मौलिक फिल्ममा जोआकिन फिनिक्सका भान्जाको भूमिकामा देखिएका म्याक्सिमसका छोरा लुसियसलाई यो ट्रेलरमा देख्न सकिन्छ ।

पल मेस्कलले ठूला र वयस्क लुसियसको भूमिका निर्वाह गरिरहेका छन् । जसको आमा कोनी निल्सेनले लुसिलाको रूपमा आफ्नो चरित्रमार्फत फर्किएकी छिन् । ट्रेलरमा हामी ठूला युद्ध पनि लडिरहेको देख्छौं ।

जब हामी युद्ध र रगत बगाउने रणनीति ट्रेलरमा देखिरहेका छौं । यो क्रममा लुसिलाले लुसियसलाई भन्छिन्, ‘तिम्रो बुवा जस्तै बलशाली बन । उसको नाम म्याक्सिमस थियो र म उसलाई तिमीमा देख्छु ।’

यो शृंखलामा यसपटक ग्लाडिएटरका लागि एकभन्दा बढी युद्धभूमि हुनेछन् । नयाँ फिल्म अघिल्लो भन्दा थप रोचक हुने अपेक्षा छ, जहाँ युद्धबन्दीले जंगली बबुन र गैंडाहरुको सामना गर्नुपर्नेछ । विपक्षीसँग लड्न र सार्कले भरिएको ट्यांकीमा डुंगा खसाउन पंक्तिबद्ध हुनुपर्नेछ ।

राइड्ली स्कट निर्देशित यो फिल्मलाई हलिउडको प्यारामाउण्ट पिक्चर्सले निर्माण गरेको हो । यो फिल्म नोभेम्बर २२ (मंसिर ७ गते) मा  प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?