+
+

सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व संकलन भएन   

रासस रासस
२०८१ असोज ८ गते १३:४८
फाइल तस्वीर

८ असोज, वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई भदौसम्म नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर भदौसम्मको लक्ष्य पछ्याउन भने सकेन ।

कार्यालयले चालु आवको साउनमा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रुपैयाँ संकलन गर्यो भने चालु आवकै भदौमा भने चार अर्ब ६४ करोड १९ लाख एक हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले चालु आवको दुई महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताउनुभयो ।

‘भन्सार विभागले दिएको लक्ष्यको साउनमा ७९ दशमलव २८ प्रतिशत राजस्व संकलन भयो भने भदौमा पनि मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत राजस्व संकलन गरेका छौं,’ उनले भनेयो, ‘भदौमा चाडपर्व लक्षित आयात भएर लक्ष्यअनुसारको राजस्व संकलन गर्ने अपेक्षा भए पनि शतप्रतिशत संकलन हुन भने सकेन ।’

भन्सार विभागले कार्यालयलाई ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ ।

कार्यालयले चालु आवको दुई महिनासम्मको अवधिसम्म कुल वार्षिक लक्ष्यको १३ दशमलव ९८ प्रतिशत राजस्व संकलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत बरुवालले दशैं र तिहारजस्ता चाडपर्व नजिकै आउन लागेकाले पनि विदेशी तयारी मदिराजन्य आयात बढेको बताए ।

कार्यालयले आव २०८०/८१ को भदौसम्ममा भने आठ अर्ब ६५ करोड २० लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यस्तै आव २०७९/८० को भदौसम्ममा सात अर्ब ६० लाख २२ लाख ३४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?