+
+

कोशी सरकारले थप्यो सभामुख र उपसभामुखको इन्धन सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १६:०५

८ असोज, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाका सभामुख र उपसभामुखको सुविधा थप गरेको छ ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची संशोधन गर्दै सभामुख र उपसभामुखलाई दिने इन्धन सुविधा थप गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि ५० लिटर पेट्रोल सुविधा थप गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७५ को अनुसूची १ मा सभामुखले मासिक १५० र उपसभामखले १२५ लिटर पेट्रोल पाउने प्रावधान थियो ।

मन्त्रिपरिषद्को बैठकले सोही ऐनको दफा २० लाई टेकेर सभामुखका लागि मासिक २२५ लिटर र उपभामुखलाई मासिक १७५ लिटर इन्धन सुविधा दिने व्यवस्था गरेको हो ।

२७ भदौको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोही दिनको मितिमा राजपत्रमा सूचना प्रकाशित गरेको छ । प्रदेशमा प्रमुख प्रतिपक्षी दलको नेताले र सत्तापक्षको प्रमुख सचेतकले १२५–१२५ लिटर इन्धन मासिक पाउनेछन् ।

सभामुख र उपसभामुखले इन्धन सुविधा कम भएको गुनासो गरेपछि थप गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्रोतले बताएको छ । प्रदेशसको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट र उपसभामुखमा एमालेकी सृजना दनुवार छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?