+

चोटका कारण फाइनलमा राम्रो खेल्न सकिन : एरिका गुरुङ

२०८१ असोज  ८ गते १६:२२ २०८१ असोज ८ गते १६:२२
चोटका कारण फाइनलमा राम्रो खेल्न सकिन : एरिका गुरुङ

८ असोज, काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी नेपाली खेलाडी एरिकाले गुरुङले चोटका कारण फाइनलमा राम्रो खेल्न नसकेको बताएकी छन् ।

रजत पदक जितेर मंगलबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै घुँडामा चोटका कारण फाइनल खेल कठिन भएको बताएकी हुन् । एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भएपनि विपक्षी धेरै बलियो रहेको बताइन् ।

फाइनलमा ब्यहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उनको भनाइ छ ।

मंगलबार त्रिभुवन विमानस्थलमा पदक विजेता एरिका र उनका प्रशिक्षक कुशल श्रेष्ठको बाजागाजासहित भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाली टोलीलाई स्वागत गरेका थिए ।

एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले चोटका कारण एरिकाले फाइनलमा अपेक्षा अनुरूप प्रदर्शन गर्न नसकेको र प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले स्वर्ण जित्न असफल भएको बताए ।

एरिकाले चीनको हाङझाउमा गत वर्ष भएको २० औं सिनियर एशियन कराते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौल समूहमाथि रजत पदक जितेकी थिइन् ।

एरिका गुरुङ खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय