+
+

बाँसबारी–बूढानीलकण्ठ सडकमा स्वास्थ्यमन्त्री पौडेलको अनुगमन 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १४:१८

८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी–बूढानीलकण्ठ सडक स्थलगत अनुगमनमा पुगेका छन् ।

काठमाडौं–५ का निर्वाचित सांसद समेत रहेका मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्र तत्काल अघि बढाउने व्यवस्था मिलाउन भनेका थिए ।

एक वर्षअघि नै काम थालिए पनि तीन निकायबीच समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक–पटक पहल थालेका थिए ।

सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा विद्युत् प्राधिकरणका अधिकारीहरूसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न आग्रह गरेका थिए ।

त्यसलगत्तै सोही सडकको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रअघिको ३ सय मिटर खण्डमा कालोपत्र तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याइए पनि कालोपत्र अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

मंगलबार पुनः निरीक्षणका लागि पुगेका पौडेल उक्त क्षेत्रका सांसद समेत हुन् । मन्त्री पौडेलले अब काममा थप ढिलाइ नगर्न ध्यानाकर्षण गराए । मन्त्रीसामु सम्बद्ध अधिकारीले एक दुई दिनभित्रै कालोपत्र सम्पन्न गराउने प्रतिबद्धता जनाए ।

उक्त सडक अन्र्तगत चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गंगालाल अस्पतालसम्मको खण्ड भने विद्युत् प्राधिकरणले कालोपत्र गर्ने भएको छ ।

प्राधिकरणको भागमा परेको उक्त खण्डको कालोपत्र समेत चाँडै अघि बढाउने प्रतिबद्धता प्राधिकरण अधिकारीहरूले जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?