+
+

ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका २ समर्थक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १८:२०

८ असोज, काठमाडौं। ट्रकमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईंका दुई समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा हल्दिवारी गाउँपालिका– १ का ४० वर्षीय भीम लिम्बु तुम्वापो र झापा बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेका थिए ।

सो क्रममा उनीहरुले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए ।

आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरुको उपचार भइरहेको झापाका डीएसपी कृष्ण चन्दले बताए ।

चन्दका अनुसार पक्राउ परेका दुवै जनलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?