
फाइल तस्वीर
८ असोज, काठमाडौं । सार्वजनिक सवारीसाधनमा १८ वर्ष पूरा नभएका व्यक्तिलाई परिचालकका रूपमा राख्न नपाइने भएको छ ।
मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नु पर्नेछ । ती चालकलाई आलोपालो चलाउने व्यवस्था यातायात व्यवसायीले मिलाउनु पर्नेछ ।
उपत्यका भित्रने र बाहिरिने प्रमुख स्थानलगायत देशभर मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) चेकिङ हुने भएको छ ।
सवारी चालकले यस्तो सेवन गरेको पाइएमा यातायात व्यवसायीले अर्को चालकको व्यवस्था गरी यात्रुलाई सेवा दिनु पर्ने भएको छ ।
लामो तथा मध्यम दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारीसाधनले आफ्नो पालो हुँदा हुँदै रिजर्भमा जान नपाइने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4