+

एन्फा महिला लिग : बागमतीले संकटालाई हरायो

२०८१ असोज  ८ गते १८:४६ २०८१ असोज ८ गते १८:४६
एन्फा महिला लिग : बागमतीले संकटालाई हरायो

८ असोज, काठमाडौं। बागमती युथ क्ललले एन्फा महिला लिगमा मंगलबार संकटा क्लबलाई ३-१ ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बगमतीलाई जित दिलाउन गिफ्टी अचेमपोङले दुई र पुष्पाकुमारी खड्काले एक गोल गरे। संकटाका लागि टिमीलोपे जेनिफरले एक गोल फर्काइन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६७औं मिनेटमा अचेमपोङले गोल गर्दै बागमतीलाई अग्रता दिलाएकी थिइन् । ७६औं मिनेटमा अचेमपोङले व्यक्तिगत दोस्रो गोल गर्पछि बागमतीले अग्रता दोब्बर बनायो ।

संकटाकी टिमीलोपे जेनिफरले ८३औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएकी थिइन्।तर, खेलको ईन्जुरी टाईममा पुष्पाले गोल गर्दै बागमतीको जित सुनिश्चित पारिन् ।

बागमतीले ईनणजुरी टाईममा पेनाल्टी पाएपनि कप्तान दिव्या यस्मालीमगरले पेनाल्टीमा गोल गर्न सकिनन्। जितपछि ८ खेलबाट १० अंक जोडेको बागमती छैटौं स्थानमा उक्लिएको छ र शीर्ष पाँचमा रअेर दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

पराजित संकटाको ८ खेलबाट ८ अंक छ र सातौं स्थानमा झरेको छ। मंगलबारै भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई ८-० को फराकिफो अन्तरले पराजित गरेको थियो ।

एन्फा महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय