+
+

राजदूत सिफारिस गर्दा समावेशी बनाउन सुनुवाइ समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १८:५३

८ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राजदूत सिफारिस गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेकोसमितिको बैठकले समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा राजदूत सिफारिस गर्न सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले राजदूत सिफारिस गर्दा संविधानको धारा २८२ को उपधारा १ बमोजिम समावेशी र संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा ३ को उपदफा १ बमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न सरकारलाई निर्देशन दिएको जानकारी गराइन् ।

न्यौपानेले सरकारले राजदूत नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न सिफारिस गर्दा सम्बन्धित व्यक्तिको योग्यता लगायतका कागजात पनि उपलब्ध गराइदिन निर्देशन दिएको बताइन् ।

समितिले सरकारले १४ साउनमा श्रीलंकाका लागि नेपाली राजदूत पदमा रामकृष्ण भट्टराईलाई सिफारिस गरेको थियो । तर समितिले उनीसँग स्नातक उतीर्णको प्रमाणपत्र माग गरेको थियो । दिन नसकेपछि उनी आफैंले नाम फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?