+
+

१०३ च्याङ्ग्रा चोरी आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १९:०१

८असोज, काठमाडौं । १०३ वटा च्याङ्ग्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भइ पोखराको मासवार बस्दै आएका ५० वर्षीय मोहम्मद फकिर छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–४ बाट सोमबार पक्राउ गरेको हो ।

१ असोजको दिउँसो ४ बजेतिर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा खरिद गर्ने भनि पोखरा ल्याएर चोरी गरेको आरोप उनीमागिथ छ ।

फकिरसहित तीन जना मिलेर ४२ लाखमा च्याङ्ग्रा खरिद गर्ने पक्का गरी रकम पोखरा गएपछि दिने भनि च्याङ्ग्राधनी ताक्लालाई समेत पोखरा ल्याइएको थियो । पोखराको ड्यामसाइडस्थित होटलमा सुतेको अवस्थामा च्याङ्ग्रासहितको गाडी लिएर फकिर फरार भएका थिए ।

फकिरले ती च्याङ्ग्राहरु २ असोजमा पोखराको घट्टेखोलामा लगी बिक्रि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका फकिरविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनका म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्कीका डीएसपी वसन्तकुमार शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?