+

फिफा अध्यक्ष इन्फान्टिनो नेपाल आउने

२०८१ असोज  ८ गते १९:२९ २०८१ असोज ८ गते १९:२९
फिफा अध्यक्ष इन्फान्टिनो नेपाल आउने

८ असोज, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल आउने भएका छन् ।

उनी अक्टोबरको ६ तारेखमा आउने र ७ अक्टोबरमा फर्किने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । एन्फाले आधिकारिक रुपमा भने इन्फान्टिनोको भ्रमणबारे जानकारी दिएको छैन ।

नेपाल भ्रमणमा रहँदा इन्फान्टिनोले राज्यका प्रमुख पदाधिकारीहरुलाई भेट्नेछन् । फिफा अध्यक्ष १२ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका हुन् ।

यसअघि सन् २०१२ मा फिफाका तात्कालिन अध्यक्ष सेप ब्लाटर नेपाल भ्रमणमा आएका थिए ।

जियानी इन्फान्टिनो फिफा फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय