+
+

आरबीआई गभर्नरको सुझाव- एआई सामना गर्ने गरी केन्द्रीय बैंकहरूले नयाँ युगको तयारी गर्नुपर्छ

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकहरूले २१औं शताब्दीमा जलवायु परिवर्तन, भूराजनीतिक अस्थिरता, प्रविधि प्रगति र कृत्रिम बौद्धिकता जस्ता चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २०:००

८ असोज, काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकहरूले २१औं शताब्दीमा जलवायु परिवर्तन, भूराजनीतिक अस्थिरता, प्रविधि प्रगति र कृत्रिम बौद्धिकता(एआई) जस्ता चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयशम्सेर राणाको स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै यी सबै विषयमा सतर्कता अपनाउन र समयमै उपयुक्त नीति निर्माण गर्न केन्द्रीय बैंकहरू सक्षम हुनुपर्ने बताएका हुन् । यस्तो चुनौतीपूर्ण समयमा केन्द्रीय बैंकहरूले नयाँ युगको तयारी गर्न आवश्यक रहेको उनको तर्क छ ।

केन्द्रीय बैंकहरूले सधैं देशको आर्थिक र वित्तीय स्थायित्वको संरक्षकको भूमिका निर्वाह गरेको दासले बताए । हालका वर्षहरूमा विश्वव्यापी वित्तीय संकट, महामारी र मुद्रास्फीति जस्ता चुनौतीले केन्द्रीय बैंकहरूको भूमिकामा परिवर्तन ल्याएको उनको भनाइ थियो ।

आर्थिक स्थायित्व कायम राख्न नयाँ प्रविधि प्रयोग, मुद्रास्फीतिको लक्ष्य ध्यानमा राख्दै वित्तीय स्थायित्व पनि सुनिश्चित गर्न आवश्यक रहेको आरबीआई गभर्नर दासले बताए ।

भारतका सन्दर्भमा आरबीआईले यस्ता चुनौती सामना गर्दै नीति र उपकरण व्यापक प्रयोग गरी देशलाई आर्थिक रूपमा मजबुत बनाएको उनले बताए ।

मुद्रास्फीति नियन्त्रण र आर्थिक स्थायित्वबीच सन्तुलन कायम गर्दै आरबीआईले भारतको अर्थतन्त्रलाई स्थायित्वमा राख्न सफल भएको उनको भनाइ थियो ।

२१औं शताब्दीका उदीयमान चुनौती सामना गर्दै केन्द्रीय बैंकहरूलाई निरन्तर सुधार र सशक्तीकरणको आवश्यकता भएको उनले बताए । नीतिगत नवप्रवर्तन र सजगता, आर्थिक स्थायित्वका लागि महत्त्वपूर्ण रहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?