+
+

४१ एसपीको सरुवा, कास्कीका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २०:३१

८ असोज, काठमाडौं । नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् ।

उनको ठाउँमा श्यामबाबु ओली सरुवा भएका छन् । उनी आर्थिक अपराध सम्बन्धी अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन् ।

तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख गजुसिद्धि बज्राचार्य विशेष सुरक्षा गण बेलचौतारा तनहुँमा सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, बर्दिया, सिन्धुली, सुनसरी, धनकुटाका प्रमुख पनि फेरिएका छन् ।

हेर्नुहोस सरुवा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?