+
+

धनुषामा पोखरीमा डुबेर बालिका बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २१:१५

८ असोज, जनकपुरधाम । धनुषाको धनुषाधाममा पोखरीमा डुबेर एक बालिका बेपत्ता भएकी छन् ।

धनुषाधाम नगरपालिका-३ मा रहेको पोखरीमा स्थानीय बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल डुबेर बेपत्ता भएकी हुन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार दिउँसो जितियाका ब्रतालुहरुसँगै पोखरीमा नुहाउन गएकी चन्द्रिका बेपत्ता भएकी हुन् ।

प्रहरी र स्थानीय  बासिन्दाले उनको खोजी गरिरहेका छन् । सशस्त्र प्रहरी बलको गोताखोर बोलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?