+

नेपाल र ओमानबीचको खेल रद्द

२०८१ असोज  ८ गते २२:५४ २०८१ असोज ८ गते २२:५४
नेपाल र ओमानबीचको खेल रद्द

८ असोज, काठमाडौं – वर्षाको कारण आईसीसी विश्वकप लिग -२ मा नेपाल र ओमानबीचको खेल रद्द भएको छ । खेल नेपाली समय अनुसार आज राती ८ : ४५ मा क्यानडाको किंग सिटीमा सुरु हुनुपर्ने थियो । तर क्यानडामा बिहानै देखि वर्षा हुँदा खेल हुन सकेन । निरन्तर वर्षाको कारण खेल रद्द भएको हो । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३, दोस्रो खेलमा ओमानसँग १ विकेट र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो । अव नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक टी२० सिरिज हुनेछ ।

लिग २ मा नेपाल ८ खेलमा ३ अंकका साथ सातौं स्थानमाछ । ओमान ७ खेलमा २ मा जितका साथ ६ अंक जोड्दै छैटौं स्थानमा छ । क्यानडा ११ खेलमा १४ अंकका साथ शीर्ष स्थानमाछ । अमेरिका र नेदरल्यान्ड्सको समान १२-१२ अंक छ । नेटरनरेटका कारण अमेरिका दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

 

 

आईसीसी विश्वकप लिग २
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय