+

एएफसी यु-२० एसियन कप छनोटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्ने

२०८१ असोज  ९ गते ७:५७ २०८१ असोज ९ गते ७:५७
एएफसी यु-२० एसियन कप छनोटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्ने

९ असोज, काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटअन्तर्गत समूह बी मा रहेको नेपालले आज आफ्नो तेस्रो खेलमा उज्वेकिस्तानको सामना गर्दैछ ।

नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । खेल न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ ।

समूह बी मा नेपाल र उज्वेकिस्तान दुवैको समान ३ अंक छ । तर गोलअन्तरमा उज्वेकिस्तान अघि रहँदै शीर्ष स्थानमा छ । नेपालले भने दुई खेल खेल्दा एक मा जित र एकमा हारको नतिजा निकालेको थियो । नेपाल उज्वेकिस्तान र बहराइनभन्दा पछि तेस्रो स्थानमा छ ।

पहिलो खेलमै कम्बोडियासँग ४-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गर्दै पहिलो अंक जोडेको थियो ।

उज्वेकिस्तानले भने पहिलो खेलमा कम्बोडियालाई ७-० ले पराजित गरेको थियो ।

यु-२० एसिया कपको साविक विजेतासमेत रहेको उज्वेकिस्तान समूह बी कै सबैभन्दा बलियो टोली हो ।

एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर यु-२० एसिया कपको छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यु-२० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।

यस्तै उपविजेतामध्ये उत्कृष्ट ५ टोलीले पनि एएफसी यु-२० एसिया कपमा स्थान बनाउनेछन् । चीन आयोजकको रुपमा सिधै छनोट भइसकेको छ ।

एएफसी यु-२० एसियन कप छनोट नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय