+

रियल मड्रिड विजयी

२०८१ असोज  ९ गते ८:१५ २०८१ असोज ९ गते ८:१५
रियल मड्रिड विजयी

९ असोज, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले मंगलबारा राति अलाभेजलाई ३-२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा सान्टियागो वर्नावेउमा भएको खेल रियलका लागि लुकास भज्क्वेज, केलिएन एमबाप्पे र रोड्रिगोले गोल गरे ।

लुकास भज्क्वेजले खेलको पहिलो मिनेटमै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । यस्तै एमबाप्पेले ४०औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

रोड्रिगोले ४८औं मिनेटमा गोल गरेपछि रियलले ३-० को अग्रता दिलाएका थिए ।

अलाभेजका लागि अन्तिम ६ मिनेटमा दुई गोल फर्काएपनि हार टार्न सन । अलेभजका कार्लोस बेनाभिडेजले ८५औं र किके गार्सियाले ८६औं मिनेटमा गोल गरे ।

जितपछि ७ खेलबाट १७ अंक जोडेको रियल दोस्रो स्थानमा छ र शीर्ष स्थानको बार्सिलोनालाई पछ्याइरहेको छ । एक खेल कम खेलेको बार्सिलोना ६ खेलमा शतप्रतिशत जितबाट १८ अंक जोडेर शीर्ष स्थानमा आसिन छ ।

रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय