+

ब्रुकको शतकमा अष्ट्रेलियाको लगातार १४ जितको यात्रामा ब्रेक

२०८१ असोज  ९ गते ८:३७ २०८१ असोज ९ गते ८:३७
ब्रुकको शतकमा अष्ट्रेलियाको लगातार १४ जितको यात्रामा ब्रेक

९ असोज, काठमाडौं । कप्तान ह्यारी ब्रुकको शतकमा इंग्ल्यान्डले तेस्रो ओडीआई खेलमा अष्टेलियालाई ४६ रनले हराएको छ ।

पाँच खेलको सिरिजमा इंग्ल्यान्ड २-१ ले पछि छ । यो हारसँगै अष्ट्रेलियाको ओडीआईमा लगातार १४ जितको यात्रामा ब्रेक लागेको छ ।

३०५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३७.४ ओभरमा २५४-४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुन: खेल सुरु नभएपछि डकवर्थ लेविस पद्धतिको आधारमा २०९ रन बनाउनु पर्ने हुँदा इंग्ल्यान्ड ४६ रनले विजयी भएको हो ।

कार्यवाहक युवा कप्तान ह्यारी ब्रुक ९४ बलमा १३ चौका र २ छक्कासहित ११० रनमा नट आउट रहे । विल ज्याक्स ८२ बलमा ९ चौका र २ छक्कासहित ८४ रनमा आउट हुँदा लियाम लिभिङस्टोन ३३ रनमा नट आउट रहे ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ८ ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । क्यामरन ग्रीनले ६ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्टेलियाले ५० ओभरमा ७ विकेट गुमाउँदै ३०४ रन बनाएको थियो । एलेक्स केरी ६५ बलमा ७ चौका र १ छक्कासहित ७७ रन बनाए । स्टिभ स्मिथ ८२ बलमा ५ चौकासहित ६०, मिचेल मार्श २४, ग्लेन म्याक्सवेल ३० र आरोन हाड्ली ४४ रन बनाए ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले २, विल ज्याक्स, लियाम लिभिङस्टोन, ज्याककोब बेथेल र बायडन केसले १-१ विकेट लिए ।

पहिलो खेलमा अष्टेलिया ७ विकेट र दोस्रोमा ६८ रनले विजयी भएको थियो । अव चौथो खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ ।

ओडीआई ह्यारी ब्रुक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय