+
+

भरतपुरको पुङ्गी खोला संरक्षण अभियान : लायन्स क्लबको भवनमा चल्यो डोजर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते ८:५९

९ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ ।

नारायणगढको लायन्सचोकमा पुङ्गी खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनमा महानगरले बुधबार बिहान डोजर चलाएको छ । अतिक्रमित संरचना भत्काउन मेयर रेनु दाहाल आफैं फिल्डमा पुगेकी छन् ।

भरतपुर महानगरका अनुसार १८८.९४ वर्गफिटमा बनाइएको लायन्स क्लबको भवनको नक्सापास नै थिएन । क्लबसँग तीन धुर जग्गा मात्र भएको लालपूर्जा थियो ।

महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउत १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

त्यसपछि निर्देशक समितिको गत भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय गरेको थियो ।

पुङ्गी खोलामा पहिले कञ्चन पानी बग्ने गर्दथ्यो । तर बढ्दो शहरीकरणसँगै खोला अतिक्रमणको चपेटामा परेको थियो । वरपरका घर र तरकारी मण्डीको फोहोर बिसर्जन गरिदिँदा पुङ्गी खोला सानो ढलजस्तो देखिन्छ ।

मेयर रेनु दाहालले पुङ्गी खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण र सौन्दर्यकरण अभियान एक साथ सुरु गरेकी छन् । त्यसका लागि पहिलो चरणमा सघन तथा भवन निर्माण आयोजना चितवनबाट ६ करोड ६५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ ।

महानगरको गौरवको योजनामा समावेश भएको पुङ्गी खोला सिमाङ्कन, संरक्षण र सौन्दर्यकरणको पहिलो चरण अन्तर्गत दुवैतर्फ ३५५/३५५ मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिनेछ । वृक्षरोपण, फुटरेल, रिटेनिङ्ग वाल, रेलिङ्गसहित मोर्निङ र इभिनिङ वाक गर्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ ।

प्रारम्भिक गुरुयोजना अनुसार खोला किनारमा पर्यटकले चिया, खाजा खाने स्टेसन, विश्रामस्थल, खुला व्यामशाला पनि रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?